अबदेखि “#ELOHIMLEAKS” भन्ने नाममा मैले एलोहिम (हाम्रा स्रिष्टीकर्ताहरु) बाट पाएका संसारका सबभन्दा गोप्य सरकारहरूमा के भईरहेछ भन्ने नयाँ खबर तुरून्तै पोष्ट गर्नेछु। यो संसार चलाईरहेका मान्छेहरुलाई थाहा हुनुपर्छकी एलोहिमले हामी सबैलाई हेरिरहेका छन् र उनीहरूलाई सबै कुरा थाहाछन्। उनीहरूबाट कुनैपनि सरकारका राष्ट्रिय-रहस्य वा जानकारी लुकाउन सकिदैन।”
“म अब संयुक्त राज्य अमेरिका र इज्राएलका गोप्य विभागका “अन्त गरिनुपर्ने” लिस्टमा परेको छु। मैले अब खोल्न लागेको केही रहस्य पछि म पृथ्वीमा लामो समय बाँच्छु भन्ने पक्का छैन। तर म कुनै दिन लोप भएँ भने कसैले मेरो ठाउँ लिने छ र उसले हाम्रा स्रिष्टीकर्ताहरू बाट सुचना पाउनेछ । यो व्यक्ति – नयाँ निर्वाचित गाइडहरुको गाइड हुन सक्छ जसले मेरो ठाउँ लिनेछ, अथवा अरू कोहि जसले अाफूलाई यहि कारणको लागि मात्र देखाउँछ तर नयाँ भविष्यवक्ता हुँदैन (अब अरू हुने छैनन्), अथवा जो राएलियन अभियानको प्रमुख हुन छानिन्छ। उसको काम राज्यका गोप्य कुराहरू खुलाउने मात्र हुन्छ, अरू केही थप हुँदैन। एलोहिमले पक्का गर्नेछन् कि मलाई जे भएपनि उनीहरूले मानवतालाई बचाउन निरन्तर लागिरहने छन्।”
हामीलाई फलो गर्नुहोस्