अगष्ट २७, २०१५:
इज्राएलले हालै “सिरीयाई क्षेत्रबाट भएको आक्रमण” भन्ने झुटो अभियोगको प्रतिशोधमा सिरीया माथी गरेको सैनिक कार्वाही थप अर्को प्रयोजित सैन्य कार्वाही हो जुन अति खेदपुर्ण छ। इज्राएली सीमा नजिकै सिरिया भित्र सिरीयाई सरकार बिरोधी एउटा सानो सदस्य छ, जुन समूह इज्राएली सेना बाट तालिम प्राप्त हतियार ले सुसज्जित र निर्देशीत छ।
तिनिहरुले इज्राएली भु-भागको केही निर्जन क्षेत्र छानेर त्यँहि बाट रकेट प्रहार गरे (वास्तवमा यो क्षेत्र सिरीयाकै अधिनस्थ गोलान हाइट्स अन्तर्गतको क्षेत्र हुन् जस माथि इज्राएलले अवैधानिक रुपले कब्जा गरी राखेको छ)।
यो प्रायोजित आक्रमण इज्राएलको निर्जन क्षेत्रमा गरिएकोले कुनै नागरिक वा सैनिक हताहत वा घायल
भएको थिएन । तर इज्राएलले सो आक्रमण सिरीयाई भु-भाग बाट भएकालेे सिरीया सरकारनै यसको जिम्मेवारी
भन्ने निहुँ बनाएर प्रतिशोध स्वरुप सिरीयाई सैनिक माथी बम वर्षा गर्यो। अर्को शब्दमा भन्नू पर्दा आफ्नो क्षेत्रको
सुरक्षा गर्ने निहुँमा इज्राएलीहरूले सिरीयाई सैनिक शिविर ध्वस्त पार्नुको साथै उनीहरुलाई आफ्नो सीमा नजिकै रहेका
सिरीया बिरोधी सशस्त्र लडाकु समूह सँग पनि लड्न नसक्ने गरी कम्जोर बनाई दिए।
इज्राएलको यस बम आक्रमणबाट सयौं निर्दोष नागरिक हताहत तथा घायल नभएको भए यो घट्ना हास्यास्पद हुने थियो। अनौठो त! के छ भन विश्व का शक्तिशाली सेना मध्ये एक मानिएको इज्राएली सेनाले आफ्नो सिमानाको नजिकै रहेका सिरीया बिरोधी लडाकु समूहबाट आफुलाई सुरक्षित राख्न सक्दैन बरु जवाफि कार्वाहीको वाहानामा सयौं कि.मि. टाढा रहेका सिरीयाई सेना शिविरहरुमा बम वर्षा गर्न सक्छ -अनि पश्चिमि संचार माध्यमले यसैलाई प्रचार प्रसार गरेर सहयोग गर्छ।
Follow Us