अन्तरराष्ट्रिय राएलियन अभियानको संस्थापक तथा आध्यात्मिक गुरू मैत्रेय राएलले हामी मानव लगायत पृथ्वीका सम्पुर्ण जीवका श्रृष्टिकर्ता अती विकसित अर्को ग्रहका वैज्ञानिकहरु ‘एलोहिम‍’ वाट आवधिक सन्देश पाइरहनु हुन्छ । एलोहिम बाट राएलले मानव जातिका लागि सन्देश सर्वप्रथम ४० वर्ष भन्दा बढीअघि पाउनु भएको थियो । ती सन्देशहरू ‘बुद्धिमतापुर्ण योजना – योजनाकारहरूको सन्देश’ (Intelligent Design-Message from the Designers) नामक पुस्तकमा दिइएका छन् । त्यो पुस्तक यो वेबसाईटमा निशुल्क प्राप्त गर्ने सकिन्छ ।

एलोहिम’ ले पृथ्वीमा घटिरहने हरेक घटनाको अवलोकन गरिरहेका हुन्छन् । पृथ्वीको तथाकथित ‘अती गोप्य’ भनिने कुनै पनि गोप्य सूचना उनीहरुको लागि गोप्य रहदैन र उनीहरुकहाँ यस्तो सूचना पुग्नवाट रोक्न सक्ने वा बदल्न सक्ने सामर्थ्य कुनै व्यक्ति, समूह वा सरकारी निकायमा छैन । वास्तवमा राएलले हाम्रो ग्रहमा भएका अती गोप्य सरकारी गतिविधिमा भै रहने अशान्त नयाँ नयाँ घटनाक्रमको जानकारी ‘एलोहिम’ बाट पाइ रहनु हुन्छ । राएललाई प्राप्त हुने यस्ता र अन्य अध्यावधिक सन्देशहरु प्राप्तहुने बित्तिकै यही वेबसाइटमा राखिने छन् ।

राएले अगष्ट २१, २०१५ मा दिएको यो थप जानकारी नोट गर्नुहोका:

म अब संयुक्त राज्य अमेरिका र इज्राएलका गोप्य विभागका “अन्त गरिनुपर्ने” लिस्टमा परेको छु। मैले अब खोल्न लागेको केही रहस्य पछि म पृथ्वीमा लामो समय बाँच्छु भन्ने पक्का छैन। तर म कुनै दिन लोप भएँ भने कसैले मेरो ठाउँ लिने छ र उसले हाम्रा स्रिष्टीकर्ताहरू बाट सुचना पाउनेछ । यो व्यक्ति नयाँ निर्वाचित गाइडहरुको गाइड हुन सक्छ जसले मेरो ठाउँ लिनेछ, अथवा अरू कोहि जसले अाफूलाई यहि कारणको लागि मात्र देखाउँछ तर नयाँ भविष्यवक्ता हुँदैन (अब अरू हुने छैनन्), अथवा जो राएलियन अभियानको प्रमुख हुन छानिन्छ। उसको काम राज्यका गोप्य कुराहरू खुलाउने मात्र हुन्छ, अरू केही थप हुँदैन। एलोहिमले पक्का गर्नेछन् कि मलाई जे भएपनि उनीहरूले मानवतालाई बचाउन निरन्तर लागिरहने छन्।”