जनवरी ३, २०१६:

जापानको अोकिनावा स्थित अमेरिकी सैनिक अड्डाले जापान – संयुक्त राज्य अमेरिका बीचको सन्धिको मान्यता
राखेको छैन । ती अड्डाहरूमा थुप्रै आणविक बम् तथा अन्तरमहाद्धिवीय क्षेप्यास्त्रहरू राखिएका छन् जुन चीन तिर सोझ्याइएका छन् । अमेरिका र चीन बीच युद्ध भै हाल्यो भने पहिला निशाना ओकिनावा बन्ने छ ।

ओकिनावा-वासीहरूले अब अमेरिकी सैनिक अखाडाहरु आफ्नो क्षेत्रवाट सकेसम्म हटाउने नभए कमसेकम् यी अखाडाहरुको अविलम्व निरीक्षण गर्ने अधिकारका लागि पाइला चाल्ने बेला भै सकेको छ । जापानी अधिकारीहरु सँग अहिले त्यो अधिकार छैन । तिनीहरूले पनि सन्धीका शर्त अनुसार जापानको भू-भाग भित्र कुनै आणविक हतियार मौजुद हुनु हुन्न भन्ने सुनिश्चित गर्नको लागि यी अखाडा निरीक्षण गर्ने अधिकारका लागि प्रयास गर्नु पर्छ ।